सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग बारे निर्देशिका मन्त्रिपरिषद्ले गर्यो स्वीकृत



काठमाडौँ,पुस ५ । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्या ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति दलित बाहेकलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको छ ।

साथै, अपाङ्गता भएका व्यक्ति सम्बन्धि राष्ट्रिय नीति २०७९ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्