बोल्ड डिसिजन लिन्छु, नागरिकको साथ चाहियोः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ,पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताए। अबको निर्णय नागरिकको साथमा हुने उनले बताए । उनले नागरिकको निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गरे ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी। इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो ।

प्रतिक्रिया दिनुहोस्