श्री पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन



काठमाण्डौँ,पुस १० । श्री पशुपति हिन्दु विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले निर्देशन दिएका छन्। विश्व विद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठक मंलबार बसाउदै मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तर बाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्। समतिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णय संगै परिषदबाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए। यो विश्व विद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको बताए। यस विश्व विद्यालयमा नेपालका सवै धर्म शास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितीका सदस्य चेतनाथ गौतमले बताए । यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा।प्रेमबहादुर खत्रीले बताए।

नेपालमुखि अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीको भनाइ रहेको थियो र विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चीत प्रक्रिया पुरा गरेपछि स्नातक उतिर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितीका अर्का सदस्य कमल ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्