नुवाकोटको विदुरमा रसुवा आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष चढेको गाडी दुर्घटना, तीन घाइते
नुवाकोट,पुस १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ चढेको गाडी दुर्घटना भएको छ ।
अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको गाडी अनियंत्रित भइ रसुवाबाटै आइरहेको गाडी एकाअर्कासग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा विदुरका उमेश थपलिया र उनको श्रीमती विमला ढकाल घाइते भएका छन् । अर्का घाइते मेघाङका वर्ष ३० का बीरबहादुर तामाङको भने थप उपचारार्थ काठमाडौंको ग्राण्डी अन्तरास्ट्रिय अस्पताल लगिएको प्रहरीले जनाएको छ । गाडीमा सवार अध्यक्ष तामाङ भने खतरामुक्त रहेको बताइएको छ ।

