सरकारले प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय
काठमाडौँ,पुस १२। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ ।
प्रधानमन्त्री कार्यालयमा रहेको साथीहरु अब अन्यन्त्र कामकाजमा जान्छन । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गरे । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भनेका थिए, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’

