बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
काठमाडौं,पुस १४ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार लामिछानेलाई दोषी ठहर गरेको हो ।
तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणी गरेको भन्दै २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

