बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं,पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही हुने बताएका छन । प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने जानकारी गराएका हुन ।
उनले सो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको पनि जानकारी दिए । शनिबारबाट काठमाडौँमा सुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए ।
यस्तै, प्रधानमन्त्री दाहालले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरूले पनि परीक्षामा सहभागी हुन पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन सबैलाई आह्वान गरे । प्रधानमन्त्री दाहालले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएकोमा दुख व्यक्त गरे ।

