बालकुमारी घटनाः पक्राउ परेका ७३ जनालाई छाडियो



काठमाडौँ,पुस १५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी तथा भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । ललितपुरको बालकुमारीमा शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई मुद्दा नचलाउने निर्णय भएपछि छाडिएको हो ।

रोजगार अनुमति प्रणालीमार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्