जनताको ध्यान अन्यत्र मोड्न बालकुमारी घटनालाई डिजाइनको संज्ञा दिएको रावलको आरोप
काठमाडौँ,पुस १७ । नेकपा (एमाले) का नेता र पूर्व उप–प्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको ध्यान अन्यत्र मोड्न बालकुमारी घटनालाई डिजाइनको संज्ञा दिएको आरोप लगाएका छन् ।
प्रचण्डले सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको सभामा दुई जना युवाको हत्या हुनेगरी भएको बालकुमारी घटना डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका थिए ।
नेता रावलले सो डिजाइन कसले, किन र कसरी गरेको हो भनेर प्रष्ट रुपमा भन्नुपर्ने बताएका हुन् ।

