नुवाकोटको शिवपुरीमा एक वृद्धाको शंकास्पद शव फेला



नुवाकोट, पुस १७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखती टोलमा एक वृद्धाको शंकास्पद शव फेला परेको छ ।

स्थानीय बखती टोलकी वर्ष ७५ की नेत्रकुमारी घर्ती क्षेत्रीको शव घर नजिकैको बाख्राको खोरमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गएराति अबेरसम्म सामान्य अवस्थामा रहेकी क्षेत्रीको मुखबाट रगत बगेको अवस्थामा मंगलबार बिहान स्थानीयले शव फेला पारेको प्रहरीले जनाएको छ ।

वृद्धवृद्धाको बाहुल्यता रहेको सो टोलको उक्त घटनाको विषयमा सूक्ष्म अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्