नुवाकोट सेराबगर समाजद्वारा माघे सङ्क्रान्तिमा गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी
नुवाकोट,पुस १७ । राजधानी काठमाडौंसंगै जोडिएको जिल्लाको शिवपुरी गाउँपालिकामा सेरा बगर समाजले बृहत गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ।
आउदै गरेको माघे सङ्क्रान्तिमा गतवर्ष झै बृहत कार्यक्रमको आयोजना गरिने सेरा बगर समाजका अध्यक्ष अभियान आचार्यले बताए।
विगतमा गरिएको कार्यक्रम अनुभवको आधारमा थप स्तरीय बनाउन समाज लागि परेको आचार्यले बताए। गोरु जुधाई कार्यक्रमको लागि स्थानीय गोरु धनीलाई यहि पुस २५ गतेसम्म गोरु दर्ता गराउन समेत समाजले अनुरोध गरेको छ।
त्यस्तै सो अवसरमा सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु उपस्थिति हुने बताइएको छ ।

