नुवाकोटसहित विभिन्न जिल्लामा भूकम्प धक्का महसुस
नुवाकोट,पुस १९ । नुवाकोटसहित विभिन्न जिल्लामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको तीनकुण्ड आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का नुवाकोट, रसुवा, काठमाडौ,धादिङ, सिन्धुपाल्चोक र काभ्रेसम्म महसुस गरिएको थियोे ।
यसअघि गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।