एमालेको सचिवालय बैठक भोलि बस्ने
![](https://www.sajhapath.com/wp-content/uploads/2024/01/20240104_123632.jpg)
काठमाडौं,पुस १९ । नेकपा एमालेको सचिवालय बैठक भोलि शुक्रबार बस्ने भएको छ ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।