प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



काठमाडौं,पुस १९। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका लागि जयशंकर आज काठमाडौं आइपुगेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

सिंहदरबारमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागिता थिए ।

प्रतिक्रिया दिनुहोस्