पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने नुवाकोट पञ्चकन्याकी रचना थापा पक्राउ



काठमाडाैं,पुस १९ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर २ स्थायी घर भएकी रचना थापालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

थापाले पोर्चुगलको एक होटलमा मासिक १ लाख बढी कमाई हुने भन्दै युवायुवतीलाई ठगी गर्ने गरेको भन्दै एक महिला प्रहरीले पक्राउ गरेको हो ।

पीडितबाट थापाले पटक–पटक गरी नौं लाख नब्बे हजार रुपैयाँ लिएर सम्पर्क विहीन बनेकी थिइन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रचनालाई बुधबार टोखा नगरपालिका वडा नम्बर ११ मनमैजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्