प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
काठमाडौं,पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
सरकारको कामसँग असहमति जनाउँदै राजीनामा दिएका गजुरेलको राजीनामा लामो समयपछि स्वीकृत भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंसिर २० गतेदेखि नै लागु हुनेगरि उनको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्री प्रचण्डले गजुरेरलाई मन्त्रीसरहको सेवासुविधा दिएर सल्लाहकार नियुक्त गरेका थिए ।