सशस्त्र प्रहरीमा २८८ जनाको लागि जागिर खुल्यो
![](https://www.sajhapath.com/wp-content/uploads/2024/01/IMG-90f1b48c6fa7e2061c5edb849a95620d-V.jpg)
काठमाडौं,पुस २० । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित २८८ जनाको आवेदन माग गरेको छ ।
आज शुक्रबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरीले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई), ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ ।
![](https://www.sajhapath.com/wp-content/uploads/2024/01/fb_img_17044369602417761323531854701655-498x768.jpg)