एमाले सचिवालय बैठक सम्पन्न, नुवाकोटका पाण्डेसहित ६ जना केन्द्रीय सदस्यमा मनोनीत



नुवाकोट,पुस २० । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएकानेताहरुसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

महासचिव शंकर पोखरेलले बैठकपछि दिएको जानकारी अनुसार बैठकले नुवाकोटका नेता तथा वागमती प्रदेशका पूर्व अध्यक्ष केशवराज पाण्डे, तुल्सीप्रसाद न्यौपाने, रामअवतार यादव, बिनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका थिए । महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्