पञ्चकन्या गाउँपालिकाद्वारा आमाबाबुविहिन बालबालिकालाई न्यानो कपडा वितरण
नुवाकोट,पुस २० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आमाबाबुविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रम बीच गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष बिमला केसीको विशेष आतिथ्यतामा न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण गरिएको पञ्चकन्या गाउँपालिकाको कार्यालय मठभञ्ज्याङ्ले जनाएको छ ।
अनाथ प्रकृतिका बालबालिकालाई मासिक २५ सय अध्ययन खर्च प्रदान गर्दै आएको गाउँपालिकाले २२ जना आमाबाबुविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरेको जनाएको छ ।