टोखा नगरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको बनभोज कार्यक्रम सम्पन्न



काठमाडौं,पुस २१ । टोखा नगरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार टोखाको चण्डेश्वरी मन्दिर परिसरमा बनभोज कार्यक्रम सम्पन्न भएको हो । नगरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका समन्वय समितिको अयोजनामा भएको बनभोजमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, नगर उप- प्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सी ( बागचन्द)को प्रमुख आतिथ्यता रहेको थियोे ।

बनभोजको औपचारिक कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिला स्वास्थ्यकर्मीको सेवालाई उच्च मूल्यांकन गर्दै आवश्यक सेवा सुविधा वृद्धिका लागि पहल गरिने बताए । कार्यक्रममा कार्यपालिका सदस्य शान्ता राइ, सायरा परियार, टोखा नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष,स्वास्थ्य संस्था प्रमुख तथा कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थिति रहेको थियोे ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्