राष्ट्रिय सभा चुनावका लागि २ हजार ४७ जना मतदाता
काठमाडौँ,पुस २२ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आयोगले आज आइतवार प्रकाशन गरेको नामावली अनुसार दुई हजार ४७ जनाले मतदान गर्ने छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् ।
पालिकाका प्रमुख तथा उपप्रमुख दुवैले मतदान गर्न पाउँछन् । प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।