केकभित्र गाँजा राखेर बेच्ने एक ब्यक्ति पक्राउ
काठमाडौँ,पुस २२ । केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकभित्र गाँजा राखेर बेच्ने गरेका काठमाडौँको घट्टेकुलोबाट २६ वर्षीया विशान मानन्धरलाई पक्राउ परेका हो ।
मानन्धरले गाँजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्याउने गरेका थिए । इन्स्टाग्राममा अकाउन्ट र ब्याम्बु डट ओओएनजी बनाएर त्यसमार्फत उनले ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको जनाएको छ ।