नुवाकोटको शिवपुरीमा ‘खोलेगाउँ महोत्सव’ को तयारी



नुवाकोट,पुस २२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा ‘खोलेगाउँ महोत्सव’ हुने भएको छ ।

आइतबार वडा नम्बर ६ को बैठकले ‘खोलेगाउँ महोत्सव’ को तयारी बारे जानकारी गराइएको हो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित डोको, नाम्लो, विभिन्न खाद्य सामाग्री बिक्रीवितरणमा प्रोत्साहन दिइने वडाले जनाएको छ।

वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठका अनुसार महोत्सवमा स्थानीय कलाकारको घाँसे गीत, लोक गीत, लोक खैचडी गीतका साथै विभिन्न कला, झाकी प्रदर्शनीको तयारी समेत गरिएको छ ।

खोलेगाउँको माझगाउँ सम्सेर चोकमा हुने महोत्सव यही पुस २९ र माघ १ गते हुने वडा नम्बर ६ का वडा सदस्य कमल लामा (नुवाकोटे टाइगर) ले बताए ।

प्रतिक्रिया दिनुहोस्