मकवानपुरको बागमती खोलामा एक जना मृत फेला
काठमाडौं,पुस २३ । मकवानपुरको बागमती खोलामा एक जना मृत भेटिएका छन् ।
बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ बागमती खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
थिङ हिजो दिउँसो खोलमा माछा मार्न भनेर घरबाट हिँडेको र घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा आज बिहान खोलामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।