नुवाकोटमा भिरबाट लडेर एक वृद्धको मृत्यु
नुवाकोट,पुस २३ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ ढाडेखर्क बस्ने बर्ष ६० का ज्ञान बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आईतवार विहान आफ्नै घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको गोरेटा भीर बाटोबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।