बागमतीमा गठबन्धनबाट ४ जनाले गराए उम्मेदवारी दर्ता



काठमाडौं,पुस ६ । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् ।

यस्तै, माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्