मारेर बोरामा फालेका दुई शवको पहिचान खुल्यो



चितवन,पुस २३ । मारेर बोराभित्र फालेको शवको पहिचान खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ ।

हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतकहरू भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको अधिकारीको भनाई छ ।

मृतक नागरिक चितवनको भरतपुरमा व्यापार गर्दै बसेका थिए । दुबै जनालाई हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्टमुनि फालिएको अवस्थामा शव भेटिएको थियो । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्