दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए कार्यकाल सकिन ६ महिनाअघि नै राजीनामा
काठमाडौं,पुस २४ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले पदबाट राजिनमा दिएका छन् । कार्यकाल सकिन ६ महिना बाँकी रहँदा नै खनालले राजिनामा दिएका हुन् ।
सञ्चारमन्त्री रेखा शर्मालाई मंगलबार खनालले राजिनामा पत्र बुझाएका हुन् । उनको कार्यकाल अगामी साउनसम्म रहेको थियो ।
उनी २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका थिए ।