कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं,पुस २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब–भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ ।

नयाँ भेरियन्टको संक्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन।वान देखिएको बताए ।

मन्त्रालयले संक्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ भने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्