लाइन काटिएका सबै उद्योगमा विद्युत जोड्न प्राधिकरणलाई निर्देशन



काठमाडौँ,पुस २४। सरकारले लाइन काटिएका सबै उद्योगमा विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले विद्युत बक्यौता विवाद समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्ने र हालको लागि उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको हो। बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा समिति गठन गरेको हो । उक्त समितिका सदस्यहरुमा उद्योग र उर्जा मन्त्रालयका सहसचिव रहनेछन् ।

निजी क्षेत्रका संगठनले विजुली बक्यौता विवादको समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्न माग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्