नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने
काठमाडौँ,पुस २५ । नारायणगढ–मुग्लिन सडकखण्ड तीन साता बन्द गरिने भएको छ ।
सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले तीन साता दिउँसोको समयमा सडक बन्द हुने भएको होे ।
पुष ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो । काम नसकिएपछि थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ ।