बेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो



रसुवा,पुस २६ । पौषे औशीको अवशरमा बिहीबार बिहानैदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर आज बिहानैदेखि श्राद्ध गरिरहेका छन्।

रसुवा र नुवाकोटमा बसोबास गर्ने हिन्दु र बौद्ध धर्मालम्बीहरुले उत्तरगयाधाम वेत्रावतीमा पुगेर श्राद्ध गरिरहेका उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ। समितिका अनुसार पौषे औंशीमा मुलुकको विभिन्न स्थानबाट श्रद्धालुहरु दिवंगत पितृको नाममा पिण्ड तर्पण गर्न पवित्र तीर्थस्थल उत्तरगयाधाममा पुगेका छन्।

उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी र श्रद्धालुको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्