मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु



धनगढी,पुस २६ । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

बुधबार साँझ जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा रहेको प्रहरीले जनाएको छ । उनीहरु सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो । ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्