भोलि देशभर सार्वजनिक बिदा



काठमाडौँ,पुस २६ । भोलि अर्थात पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत भोलि बन्द हुने छन् । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने गरीएकोछ ।

प्रतिक्रिया दिनुहोस्