बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश



सर्लाही,पुस २६ । बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ। 

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बिहीबार थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशपछि बम्जनलाई जलेश्वर कारागार चलान भएका छन्।  

बम्जनलाई प्रहरीले बुधबार राति मात्रै काठमाडौँबाट ल्याएर बिहीबार बिहान सर्लाही जिल्ला अदालतमा पेस गरेको थियो। बम्जनलाई सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो। 

प्रतिक्रिया दिनुहोस्