शुक्रबार राति भूकम्प
काठमाडौँ,पुस २८ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शुक्रबार राति साढे ११ बजे गएको भूकम्प ४.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।