आयो तरुल !
काठमाडौं,पुस २८ । माघे संक्रान्ति पर्व आउन २ दिन मात्रै बाँकी छ । पर्व नजिकिएसँगै कालीमाटीको तरकारी बजारमा तरुल भित्रिने क्रम बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पुसयता तरुलको आगमन बढिरहेको जनाएको छ । यही पुस १ गते १९ हजार ५४३ किलोग्राम तरुल भित्रिएकोमा पुस २६ गते उक्त परिणाम बढेर १ लाख ४५ हजार २२० किलोग्राम पुगेको छ ।
कालीमाटीमा दिनहुँ तरुल ल्याइएका गाडी पुग्ने गरेका छन् । शुक्रवार कालीमाटी तरकारी बजारमा गाडीबाट तरुल ‘अनलोड’ गरिँदै थियो । गाडीका कर्मचारी तरुल अनलोड गर्दै थिए भने व्यापारी आफ्नो पसलमा तरुल मिलाउन व्यस्त थिए । पसलमा तरुल किन्ने ग्राहक पनि देखिन्थे ।
माघे संक्रान्तिमा तरुलसँगै पिडालु, सखरखण्डलगयात खाने चलन छ ।