आफ्नै भाइले दाजुलाइ पेट्रोल छर्केर आगो लगाए
हेटौंडा,पुस २८ । मकवानपुरको हेटौंडामा आफ्नै सहोदर भाईले दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन्।
मादकपदार्थ सेवन गरेर हेटौडा-४ चिल्ड्रेन पार्क गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाई २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाइदिएका हुन ।
आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको तर हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगो लगाउने भाइलाइ प्रहरिले पक्राउ गरेको र अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।