माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने



काठमाडौं,पुस २८ । नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादीको स्थायी समिति बैठकले आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्