‘सपनीमा नआउ भो झस्काउन’ गीत विमोचित (पूरा भिडियोसहित)



नुवाकोट, पुस २९ । चर्चित लोक दोहोरी गायक बद्री सिटौलाको लोक दोहोरी गीत ‘सपनीमा नआउ भो झस्काउन’ विमोचन गरिएको छ।

आइतबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा भएको दुप्चेश्वर मन्दिरको मेलामा एक कार्यक्रम बीच गीत विमोचन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो गीत विमोचन गरेका हुन् । गीत विमोचन गर्दै अध्यक्ष तामाङले लोक गीत संगीतले हाम्रो सामाजिक तथा सास्कृतिक पक्षको जगेर्ना गर्ने भएकाले यसलाई जोगाइराख्न नव युवा पिढिलाई अनुरोध गरे।

गीत विमोचन संगै मन्दिर परिसरमा लाख दीप प्रज्वलन समेत गरिएको थियोे । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी, वडा नम्बर ५ का अध्यक्ष माधबप्रसाद सिटौला, विभिन्न अन्य वडाका अध्यक्षहरु, अभयनन्द गुरु लगायतको प्रमुख उपस्थिति रहेको थियोे ।

कार्यक्रममा चर्चित गायिका गीतादेवी, कोपिला तामाङ वाइबा, रामहरि भण्डारी, राजकुमार खनाल, आर्यन बिरही लगायतको प्रस्तुति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्