नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर मन्दिरमा लाख दीप प्रज्वलन



नुवाकोट,पुस २९ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको दुप्चेश्वर मन्दिर परिसरमा लाख दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलनसंगै मन्दिर परिसरमा आयोजित कार्यक्रममा चर्चित गायक बद्री सिटौलाको लोक गीत ‘सपनीमा नआउ भो झस्काउन’ विमोचन गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, वडा नम्बर ५ का अध्यक्ष माधबप्रसाद सिटौला, विभिन्न अन्य वडाका अध्यक्षहरु, अभयनन्द गुरु लगायतको प्रमुख उपस्थिति रहेको थियोे ।

कार्यक्रममा चर्चित गायिका गीतादेवी, कोपिला तामाङ वाइबा, रामहरि भण्डारी, राजकुमार खनाल, आर्यन बिरही लगायतको प्रस्तुति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्