८४ को चुनावमा संघीय उम्मेदवारी रहने नुवाकोट पञ्चकन्याका अध्यक्ष तामाङको उद्घोष



नुवाकोट,माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आउँदो २०८४ को चुनावमा संघीय उम्मेदवारी रहने बताएका छ । आइतबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा भएको दुप्चेश्वर मेलामा अध्यक्ष तामाङले यस्तो उद्घोष गरेका हुन् ।

पछिल्लो समय जिल्लास्तरमै लोकप्रिय नेताको रुपमा परिचित तामाङले आउने चुनावमा क्षेत्र नम्बर १ को समृद्धि र विकासका निमित्त आफुलाई मतदान गर्न नागरिकले घर सल्लाह गर्न थालेको बताए । अध्यक्ष तामाङले पार्टी पंक्तिका नेताकार्यकर्ताले टिकटको प्रश्न उठाउन सक्ने तर टिकटले रमेश तामाङलाई खोज्ने समय आएको बताउदै आएका छन् ।

अध्यक्ष तामाङले मेलाको अवसरमा मन्तव्य तथा शुभकामना व्यक्त गर्दै पछिल्लो समयमा गाउँ समाजमा बोल्ने मौका पाउने बित्तिकै मेरो पार्टीले यसो गरेको हो, मेरो नेता, मेरो दाइ, भाईले यस्तो बिकास गरे उस्तो गरे भन्ने परिपाटी विकसित भएको बताउदै कुरा होइन काम गर्न सुझाव दिए। अध्यक्ष तामाङले भने- ‘निर्वाचनको समयमा के गर्ने हो, मत कस्लाइ जाहेर गर्ने हो, अघिपछि सधैभरी हामी एक भएर एकले अर्कालाई सहयोग गर्न सक्यौं भने मात्र गाउँको विकास हुन्छ नत्र केहि हुनेवाला छैन।’

भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्