ड्राइभिङ स्कुल संघको केन्द्रीय अध्यक्षमा गुरुङ
काठमाडौं,माघ १ । ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा राजकुमार गुरुङ (चितवन) निर्वाचित भएका छन् । भरतपुरमा शनिवार सम्पन्न पाँचौं महाधिवेशनले गुरुङको अध्यक्षमा निर्विरोध नयाँ समिति निर्वाचित गरेको हो ।
आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे (कोशी), उपाध्यक्षहरूमा बाबुराम प्रधान (कोशी), महेश पौडेल (बागमती), महासचिवमा गोविन्दप्रसाद ढकाल (लुम्बिनी), सचिवहरू धनबहादुर अधिकारी (लुम्बिनी), विष्णुप्रसाद पोखरेल (गण्डकी) एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु (गण्डकी) निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा चेतभक्त पौडेल (गण्डकी), खुमराज खड्का (लुम्बिनी), हरि ढकाल (बागमती), दीपनारायण साह (जनकपुर), वीरेन्द्रराज भुर्तेल (गण्डकी), साधुराम थापा (मोरङ), नैनबहादुर विष्ट (कैलाली), गीता अर्याल पन्त (लुम्बिनी), सुरज सिवाकोटी (कैलाली), अनन्त घिमिरे (मोरङ), भूपेन्द्रबहादुर थापा (सुनसरी) र अर्जुन केसी (नवलपुर) निर्वाचित भएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिए ।