नुवाकोट पञ्चकन्यामा पनि जुधाइयो गोरु, जीवन थापाको ‘तिल्के’ गोरु प्रथम
नुवाकोट,माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा पनि हरेक वर्ष झैं गोरु जुधाइएको छ । गाउँपालिकाको वडा नम्बर ३ पिपलडाँडामा ८ हल गोरु जुधाइएको हो ।
गोरु जुधाई प्रतियोगितामा स्थानीय जीवन थापाको ‘तिल्के’ गोरु प्रथम भएको छ । थापाको गोरुले सोही वडाका झलकबहादुर थापाका सेतो गोरुलाई हराउँदै प्रथम बनेको हो। प्रथम बन्न सफल गोरु धनी थापाले २० हजार नगदसहित सम्मान हासिल गरेका छन् ।
प्रतियोगितामा पञ्चकन्या ५ भद्रुटारका सुवास थपलियाको गोरु दोस्रो भएको छ भने र तेस्रो पुरस्कार मिलन न्यौपानेको गोरुले प्राप्त गरेको छ । दोस्रो हुने गोरु धनीले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ । नवप्रतिभा युवा समूहको आयोजनामा भएको गोरु जुधाइ प्रतियोगिताका प्रमुख अतिथि संविधानसभा सदस्य जगदीशश्वरनरसिंह केसी रहेका थिए ।