माघे सङ्क्रान्तिको दिन टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते
![](https://www.sajhapath.com/wp-content/uploads/2024/01/1705324293.jpeg)
काठमाडौं,माघ २ । माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् ।
माघे संक्रान्तिको अवसरमा थारू र मगर समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका सर्वसाधारण अत्यधिक भीडभाडका कारण च्यापिएर घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टुँडिखेलको गेटमा भित्र पस्ने र बाहिर निस्कनेको भीडले केही मानिस च्यापिएको प्रहरीले जनाएको छ ।
यस दिन थारू समुदायले ‘माघी’ र मगर समुदायले ‘मकर सङ्क्रान्ति’ पर्व मनाउँछन् ।