३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना अब साहस उर्जाले बनाउने
काठमाडौं,माघ २ । साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण तथा संचालन गर्ने भएको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी ‘टाइम्स इनर्जी प्रा.लि.’ लाई प्राप्ति गर्ने भएको हो । प्राप्ति गर्ने भएसँगै अब उक्त आयोजनाको निर्माण तथा सञ्चालन साहस उर्जाले गर्ने भएको हो । ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत अर्धजलाशाययुक्त आयोजना हो ।
आइतबार बसेको सञ्चालक समिति बैठकले टाइम्सलाई एक्वायर गर्ने निर्णय गरेको थियो । एक्विजिसनका लागि दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भइसकेको छ ।
कम्पनीले यसअघि सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट निर्माण सम्पन्न गरेको थियो । जुन, आयोजनाबाट गत वर्षको माघ महिनादेखि व्यवसायिक बिजुली उत्पादन हुँदै आएको छ ।