नेपाल हस्तकला महासंघको महानिर्देशकमा देवकोटा



काठमाडौं,माघ ३ । नेपाल हस्तकला महासंघको रिक्त महानिर्देशक पदमा उत्तमप्रसाद देवकोटा नियुक्त भएका छन् । यससँगै उनले पदीय जिम्मेवारी समेत शुरू गरेका छन् ।

देवकोटा यसअघि पर्यटन सम्बद्ध संस्था नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा प्रमुख कार्यकारी अधिकृत थिए । साथै सरकारी तथा गैरसरकारी संघसंस्थाको परियोजना अनुगमन तथा मूल्यांकन विशेषज्ञका रूपमा क्रियाशील देवकोटाले लामो समय शैक्षिक तथा अनुसन्धान  संस्थाहरूको समेत नेतृत्व गरेका थिए ।

क्यानभास इन्टरनेसनल कलेज, काठमाडौंको पूर्वप्राचार्य, सैनिक महाविद्यालय चितवनका पूर्वप्रधानाध्यापक, मेधावी रिसर्च एण्ड डेभलपमेन्टका कार्यकारी निर्देशक भई कार्य गरिसकेका देवकोटाले आगामी २ वर्ष हस्तकला महासंघको महानिर्देशकका रूपमा कार्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्