डेरी एसोसियशनले रजत जयन्तिमा बाल आश्रमदेखि अस्पतालसम्ममा दुग्धजन्य पदार्थ वितरण गर्ने
काठमाडौं,माघ ३ । नेपाल डेरी एसोसियशनले रजत जयन्तिका अवसरमा बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताललगायत ठाउँमा दुध तथा दुग्धजन्य पदार्थ वितरण गर्ने भएको छ ।
एसोसियशनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
एसोसियशनले यही माघ ७ गते मनाउन लागेको रजत जयन्तिका अवसरमा देशैभर कार्यक्रम गर्न लागेको जनाएको छ ।