बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन



काठमाडौं,माघ ४ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उपाध्यक्ष जोशीको ५० वर्षको उमेरमा आज बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो ।

२०७४ सालमा उनको पाठेघरको क्यान्सरको अपरेसन भएको थियो । गत भदौमा बिरामी हुनुभएको उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार सम्भव नभएको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए ।

स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइ निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्