मृत भेटिइन् बक्सिङ खेलाडी गोसाई



काठमाडौं,माघ ४ । महिला बक्सिङ निता गोसाई मृत फेला परेकी छन्।

सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी २७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

मृतकका परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीअनुसार एक युवालाई पक्राउ गरिएको छ । ती युवकको यातनाका कारण गोसाईले आत्महत्या गरेको परिवारको आरोप छ । गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो।

प्रतिक्रिया दिनुहोस्